महाधिवेशन अन्योलमा परेपछि प्रकाशमान निवासमा कांग्रेस नेताहरुको बैठक

क्रियाशील सदस्यता विवाद र महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसिरहेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा जारी छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

छलफल कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित भएको बताइएको छ । भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन । क्रियाशील विवाद देखाएर महाधिवेशन सार्न सक्ने भन्दै विरोध भइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार