केन्द्रीय कमिटी बैठकअघि माधव पक्षीय स्थायी कमिटी सदस्यहरू छलफलमा

केन्द्रीय कमिटी बैठक शुरू हुनुअघि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटीका सदस्यहरू छलफलमा जुटेका छन् ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थायी कमिटीले एजेण्डा तय गरेपछि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ ।

नेता नेपाल आज पार्टीको एकता वा विभाजनबारे केन्द्रीय सदस्यहरूको राय लिने योजनामा छन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई साथ दिएका माधव समूहमा सरकारमा जाने र पार्टी एकता गर्नुपर्ने विषयमा सबैको एकमत नभएपछि नेता नेपाल दोहोरो दबाबमा छन् ।

संस्थापना तथा अध्यक्ष केपी शर्मा ओली पक्षले भने बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार