सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार छु : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार भएको बताएका छन् । बुधवार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले आफूलाई वैकल्पिक बाटो दिएर उचित ठाउँमा पठाए जिम्मेवारी स्वीकार गर्ने बताए । उनले आफूलाई राजीनामा दिन कसैले नभनेको पनि तर अरू कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर उर्जामन्त्रीले सोधेको जानकारी दिएका छन् ।

आफूले राम्रो काम गरिरहेकाले जिम्मेवारीविहीन गर्न नमिल्ने उनको तर्क छ ।  त्यस्तै शाक्यले आफूले प्राधिकरणलाई अघि बढाउन धेरै काम गरेको दाबी गरे । कोरोनाको जोखिमका बाबजुद पनि प्राधिकरणले सुधारात्मक काम गरेको उनको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यले राजीनामा दिन निर्देशन दिँदै उनको ठाउँमा यसअघिका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार