बुधबार ४ हजार १०७ जना कोरोना संक्रमित थपिए, थप ३५ जनाको मृत्यु

नेपालमा बुधबार थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ३५४ पिसिआर परिक्षणका क्रममा २ हजार ९७५ र ४ हजार ९४४ एन्टीजेन परिक्षणका क्रममा १ हजार १३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मतथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिएका छन् । योसँगै हालसम्म नेपालमा ९ हजार ९ सय ५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ५३५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६१ हजार ६५१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार