पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले बुधबार दिउँसो जानकारी दिएको छ ।

नेता खनाल दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि केही समययता भारतमा उपचाररत थिए । सचिवालयका अनुसार केही समय अस्पतालमा रही स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार