नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै माइतीघरमा धर्ना (भिडियो)

नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

‘नागरिकताविहीन नेपालीहरु’ समूहले बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिएका हुन् । नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्ययन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संसोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।

प्रर्दशनमा सहभागीहरुले आफुहरुले नागरिकता नपाएको भन्दै युवाहरुले विगतको दिनमा नागरिकता नपाएर गुमाएका सेवा सुविधाको क्षतिपुर्ती पाउनुपर्ने समेत सरकारसँग माग गरेका थिए । संविधान बमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरीकता नपाउँदा आफुहरू राज्यविहीन हुन पुगेकाले विरोध गर्नुपरेको प्रर्दशनकारीको भनाई छ ।

नेपालमा जन्मसिद्ध सन्तानको आधारमा नागरिकता नपाउनेको संख्या ६ लाख र आमाको नामबाट नागरिकता नपाउने ५ लाख ८० हजार रहेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार