मकवानपुरबाट लागुऔषध नाइट्रोभेट र गाँजासहित पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१० बाट दुई जना र मनहरी गाउँपालिका–८ बाट तीन जनालाई पक्राउ गरेको हो ।
बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व-पश्चिम लोकमार्गबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । पक्राउ पर्नेमा भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र विरगंज महानगरपालिका वडा ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।
बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई प्रहरीले रोकेर चेक गरेको थियो । चेक गर्ने क्रममा ट्रक पछाडी फल्स बटम बनाएर लुकाइएको अवस्थामा १२७ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी एक हजार १२५ ट्याब्लेट नाइट्रोभेटसहित हेटौंडा–१३ का १९ वर्षका सुवास गोले र सोही उमेरका सरोज थिङ पक्राउ परेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।