सशस्त्र प्रहरी जवान कार्यालय हेडक्वार्टरभित्रै मृत भेटिए

धनगढीमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत एक जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित हेडक्वार्टर परिसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका– १ घर भएका ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही मृत अवस्थामा फेला परेका हुन् ।

कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउण्डनजिक पानी जमेको स्थानमा उनको शव घोप्टो अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार