बागलुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु भएको छ ।

रेशको काफलबोट धाउखोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० वर्षीया मनकुमाारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जानकारी दिएको छ ।

मनकुमारी र उनकी बहिनी १४ वर्षीय सिवानी कार्की घर नजिकैको ढाँवाखोलाको दहमा पौडी खेल्ने क्रममा मनकुमारी डुबेर बेपत्ता भएकी थिइन । घटनामा बहिनी सिवानी भने सकुशल रहेकी छिन् ।

घरबाट खेतमा घाँस काट्न गएका दिदीबहिनी घर फर्किने बेला खोलामा सँगै पौडी खेल्ने क्रममा दिदी मनकुमारी डुबेर बेपत्ता भएकी हुन् । बहिनी सिवानीले दिदी पौडी खेल्दा बेपत्ता भएको स्थानीयलाई बताएपछि खोज्ने क्रममा दहको बिच भागमा गााडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताए ।

नदीमा हामफालेर एक महिला बेपत्ता
यसैगरि बागलुङ नगरपालिका वडा नम्बर १ निरयघाटस्थित कालीगण्डकी नदीमा हामफालेर एक महिला बेपत्ता भएकी छन् ।

बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङकी ५० वर्षीया टिका थापा सोमबार दिउँसो ५ बजेको समयमा कालीगण्डकीमा हामफालेर बेपत्ता प्रनाउ हवारीले बताए ।

हवारीले थापाकी छोरी शर्मिला थापाले सोमबार साँझ ६ बजेर ३० मिनेटमा फोन गरेर आमाले कालीगण्डकीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट १० जनाको घटनास्थल पुग्दा नदी किनारमा १ जोर चप्पल भेटिएको बताए । बेपत्ता महिलाले मानसिक सम्बन्धी औषधी सेवन गर्ने गरेको परिवारले बताएको छ । बेपत्ता महिलाको खोजी भइरहेको प्रनाउ हवारीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार