काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको मंगलबार बसेको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाइँदै लगिएपनि कोरोना संक्रमणमा कमि नआएका कारण स्थानीय प्रशासनले निषेधाज्ञालाई भने निरन्तरता दिँदै आएको छ । यसअघि प्रशासनले लगाएको साउन २० गते सकिँदै थियो ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

यस्तै खुला स्थानमा मानिसको भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइनेछैन ।

यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइएने आदेशमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार