२४ घण्टामा देशभर ३ हजार ३८३ संक्रमित थपिए, २४ जनाको मृत्यु

नेपालमा मंगलबार थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६३८ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टीजेन परिक्षणका क्रममा ९ सय ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ९ हजार ९ सय २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ९९४ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६० हजार ११६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यस्तै अहिलेसम्म ३६ लाख ३३ हजार ११८ वटा पिसिआर परिक्षण तथा ३ लाख ३१ हजार ८७९ वटा एन्टीजेन परिक्षण गरिएको छ । हाल नेपालमा ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार