प्रचण्डको प्रस्तावमा कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ठाडो निर्देशन दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेकी छन् । उनले अहिलेसम्मको कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेकी हुन् ।

पछिल्ला कार्यकारी निर्देशक कुलमान कार्यकाल सकिएर प्राधिकरणबाट बिदा भएपछि शाक्यलाई केपी ओली नेतृत्वको तत्कालिन सरकारले २०७७ माघ २७ गते नियुक्त गरेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रबन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो ।

ऊर्जामन्त्रीले मागिन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजीनामा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार