ऊर्जामन्त्रीले मागिन् विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजीनामा

जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेकी छिन् ।अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग मन्त्री भुसालले आग्रह गरेकी हुन् ।

प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री भुसालले राजीनामा मागेकी हुन् । २०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

पछिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर प्राधिकरणबाट बिदा भएपछि शाक्यलाई केपी ओली नेतृत्वको तत्कालिन सरकारले नियूक्त गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार