४१ वटा राजनीतिक दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता खारेज गरेको हो । आयोगका अनुसार साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ । प्रवक्ता श्रेष्ठले अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको बताए ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार