प्रधानसेनापति थापा र अमेरिकी राजदूत रेण्डीबेरीबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत रेण्डीबेरीबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानसेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार