मुलपानीमा नक्कली पेस्तोल देखाई सहकारी लुट्न खोज्ने दुई जना पक्राउ

काठमाडौंको मुलपानीमा नक्कली पेस्तोल देखाई सहकारी लुट्न खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिने दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका–१ घर भएका १८ वर्षीय किशोर छन् ।

उक्त संस्थामा बा६५प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पारी फरार भएको प्रहरीले बताएको छ ।

उक्त घटनाको सूचना प्राप्त भएसँगै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटरसहित पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार