नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको कार्यालय सचिवमा विदुरविक्रम खड्का नियुक्त भएका छन् ।
काठमाडौं जिल्ला कमिटीको साउन १६ गते बसेको बैठकले खड्कालाई कार्यालय सचिवमा चयन गर्ने निर्णय गरेको हो ।
जिल्ला कमिटीमा लामो समयदेखि क्रियाशील रहेका खड्काले गणेश मावि बुढानिलकण्ठको स्ववियु सभापतिमा निर्वाचित भएसँगै सक्रिय राजनीति शुरु गरेका थिए ।