न्याय सेवा आयोगले १८ जना न्यायाधीशको माग गरेको छ। आयोगको परीक्षा महाशाखाले नेपालको संविधान २०७२ को धारा १४९ को उपधारा २ को खण्ड ख र ग बमोजिम जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त दिन भनिएको छ। आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि दरखास्त माग गरिएको हो।
योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र दरखास्त दिनुपर्ने छ। दरखास्त दस्तुर रामशाहपथस्थित न्याय परिषद् सचिवालयको कार्यालयमा बुझाउनुपर्ने छ ।
लिखित परीक्षा कार्यक्रम असोज १२ देखि १७ गतेसम्म तोकिएको छ।