सिद्धबाबा नजिक पहिरोले जीप पुरिँदा चालकको मृत्यु

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पहिरोले जीप पुरिँदा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ पाल्पाको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा अगाडि (हेडबक्स नजिकै) पहिरो खस्दा बोलेरो गाडी च्यापिएको थियो ।

स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जीप पुरिँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते र शवलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार