राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, चीन भ्रमणबारे छलफल

Image

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत सहभागी थिइन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग चीन भ्रमण र समसमायिक विषयमा छलफल गरेका छन् । प्रधामन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

परराष्ट्रमन्त्री राणा भने चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएकी छन् । प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि चीन गएकी परराष्ट्रमन्त्री राणाले छेन्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । त्यस क्रममा राणाले विदेशमन्त्री यीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी थिइन् ।