नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति नै लचिलो ल्याएको राष्ट्र बैंकले पहिलो समीक्षामा पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो ।
नीतिबाटै मूल्य स्थिरता तथा वाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकले मौद्रिक नीतिमा गरेको नीतिगत दरलाई ५ प्रतिशत, निक्षेप संकलन दरलाई ३ प्रतिशत र बैंक दरलाई ६.५ प्रतिशतमै राखेको छ ।
पहिलो त्रैमासमा पर्याप्त तरलता, बढ्दो विदेशी विनियम सञ्चिति, कर्जा प्रवाह, मुद्रास्फीतिको अवस्था हेरेर यसपटक नीतिगत हेरफेर नगरी पुरानै व्यवस्था कायम राखेको हो ।
पढ्नुहोस् पूर्णपाठ :