नेपालमा सोमबार थप ३ हजार १ सय २५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६१३ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ७९ र ३ हजार १ सय ९८ एन्टीजेन परिक्षणका क्रममा ८ सय ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ९ हजार ८ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ९२५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५८ हजार १२२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
यस्तै अहिलेसम्म नेपालमा ३६ लाख २२ हजार ४८० वटा पिसिआर परिक्षण तथा ३ लाख २५ हजार ७९९ वटा एन्टीजेन परिक्षण गरिएको छ ।