मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक शुरु भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।
छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो । सो बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको थियो ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिरहँदा तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो । शीर्ष नेताको बैठकमा कार्यदलको ड्राफ्टका साथसाथै मन्त्रिपरिषद् विस्तारको विषयमा सहमति जुटाइने बताइएको छ ।