सुरक्षाकर्मी बाहेक अन्य सरकारी सुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रि हुदाँ सरकारले दिने पारश्रमिक सुविधा नलिने घोषणा गरेका छन्‌। राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै सरकारले दिने सुरक्षासम्बन्धी बाहेक अन्य कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन्‌।

राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका छन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताए । श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्।

उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने  बताएका हुन् । व्यापारीसमेत रहेका सांसद श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार