चार पूर्वमाओवादी नेताहरूले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।
पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले रिट दायर गरेका हुन् ।
माओवादी केन्द्रले उनीहरूलाई एमालेमा लागेको भन्दै सांसद पदसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसैका विरुद्ध उनीहरूले रिट दायर गरेका हुन् ।
यसअघि दुई पटक तोकिएको पेशीमा सुनुवाइ हुन सकेको थिएन । पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो भने दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो ।