सुर्खेतमा एक युवतीले परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन् । बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै सुर्खेतमा पञ्चपुरी नगरपालिका–८ की २१ वर्षीया विमला कँडेलले आत्महत्या हुन् ।
कँडेल जल तथा मौसम विज्ञान कार्यालयको भवनमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । झुण्डियर आत्महत्या गरेकी २१ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ समेत लेखेको प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताएका छन् ।
‘कँडेलले परीक्षा बिग्रिएपछि आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ शाहीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार) को रुपमा कार्यरत छिन् ।