काठमाण्डौबाट बुर्तिबाङ जादैं गरेको बस दुर्घटना, १० जना घाईते

काठमाण्डौबाट बाग्लुङको बुर्तिबाङ जादै गरेको बस गल्कोटमा दुर्घटनामा परेको छ । गएराती काठमाण्डौबाट छुटेको बस सोमबार विहान दुर्घटना भएको बाग्लुङ प्रहरीले जानकारी दिएको छ छ । बा ५ ख १५५३ नम्बरको बस मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन ।

उनिहरुको उद्धार गरि उपचारका लागि धौलागिरी अञ्चल अस्पताल लैजादै गरेको प्रहरीको भनाई छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटना कसरी भयो भन्ने विषयमा अनुुसन्धान गरिरहेको छ । दुर्घटनामा घाईते हुनेहरुमा गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ की तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा छन्।

यसैगरी, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भइ हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना छन्। सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार