वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप

विभिन्न माग राख्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा तनाव उत्पन्न भएको छ ।

आइतबार अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसँग छलफल गर्ने क्रममा प्रहरी हस्तक्षेप भएको आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीले आरोप लगाएका छन् । प्रहरीले लाठीचार्ज गरेर केहि स्वास्थ्यकर्मी र कर्मचारी घाइते बनाएको वीर अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुमराज आचार्यले बताए । अस्पतालको सेवामा कुनै सुधार नभएको, आफुहरुले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै उनीहरु आन्दोलित भएका थिए । प्रशासकीय अधिकृत र प्रहरीले माफी नमागेसम्म आफुहरुको प्रदर्शन नरोकिने आचार्यले बताए ।

स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनका कारण अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीहरुले आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले दाबी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार