देउती बज्यै मन्दिर परिसरमा पुजारीकी पत्नी मृत भेटिइन्

सुर्खेतको चर्चिच धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारीकी पत्नी मृत भेटिएकी छन् । आज बिहान सोही मन्दिरका पुजारी वीरेन्द्रनगर नगरपालिका- ११ बस्ने रुद्रबहादुर राजीकी पत्नी अन्दाजी ५० वर्षीया सरस्वती राजी मृत भृटिएको प्रहरीले जनाएको छ ।

गंगामाला देउती बज्यै मन्दिर कर्णाली प्रदेशकै पर्यटकीय तथा धार्मिक स्थलको रुपमा परिचित छ । मन्दिरको मुल गेटको भित्रपट्टि रहेको फलामको ढोकामा झुण्डिएको अवस्थामा ती महिलाको शव फेला परेको जिल्ला प्रहरी कायालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काले बताए ।

एसपी खड्काका अनुसार मृतक सरस्वती मन्दिरको पुजारीसमेत रहेको खुलेको छ । विगतदेखि नै देउती बज्यै मन्दिरको पुजारी राजी समुदायबाट हुँदै आएका छन् ।

अहिले प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी गरेको छ । मन्दिरको पूजापाठ बन्द गरिएको छ ।

सम्बन्धित समाचार