माओवादीद्वारा महाकाली नदीमा भएको घटनालाई गम्भीर रुपमा लिन माग

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले दार्चुलाको महाकाली नदीमा भएको घटनालाई गम्भीर रुपमा लिन माग गरेको छ । पार्टीको स्थायी कमिटीको आइतबार बसेको बैठकले महाकाली नदी पार गर्न बनाइएको तुइनको लठ्ठा काट्दा बेपत्ता जयसिंह धामीको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन पार्टीले सरकारसँग माग गरेको हो ।

घटनाबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाका विषयमा भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको जानकारी दिए । ‘भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ’, उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार