राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त
राष्ट्रपतिद्वारा सरकारको सिफारिस सदर
राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् ।
सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को साउन १२ गतेको निर्णयबाट सिफारिश भए बमोजिम साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोकिएको जनाएको छ ।