साउन ३० भित्र वडा कमिटी बनाउन माओवादीको निर्देशन

नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ । सो बैठकमा पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिनुपर्नेछ । ६ हजार सात सय ४३ वटै वडामा वडा कमिटी गठन गर्न माओवादीले निर्देशन दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार