पर्वतका युवाको न्यूयोर्कमा मृत्यु

अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका १० कुर्घाका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा साउन १२ गते निधन भएको हो ।

५ वर्ष अगाडी अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार उनलाई अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले जानकारी दिए । उनका अनुसार अहिले मृतक लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार