नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको प्रक्रियामा गइसकेको विषयमा धेरै होहल्ला गर्न नहुने बताएका छन् । धनगढी विमानस्थलसमा आइतबार संचारकर्मीसँग कुराकानी गर्दै देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान अगाडि बढेको विषयमा बोल्दै अदालती प्रकृयामा गैसकेको विषयमा धेरै होहल्ला गर्न आवश्यक नरहेको प्रतिक्रिया दिएका हुन् ।
कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो–हल्ला नगरेको उनको भनाइ छ। रवि लामिछानेलाई पक्राउ गरेर सरकार पूर्वाग्रही भएको छ भन्ने आरोप छ, यसमा कांग्रेसको धारणा के हो भनेर पत्रकारले सोधेको प्रश्नमा जबाफ दिँदै सभापति देउवाले भने, ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो-हल्ला गरेनौं, अदालतको प्रक्रियामा गइसकेपछि विश्वास गर्नुपर्यो नि।’
सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ गरी कास्की अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।
रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै सडक आन्दोलन गरिराखेको छ।