सरकारको कार्यशैलीप्रति शेखर कोइराला असन्तुष्ट

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार कांग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको बीपी कोइरालाको सालिक अनावरण तथा आमसभामा उनले सातबुँदे सहमतिमा निर्मित वर्तमान सरकारले त्यसानुसार कुनै काम नगरेको बताए ।

नेता कोइरालाले वर्तमान सरकार संविधान संशोधनलगायत महत्त्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको सहमतिमा बनाइएको उल्लेख गरे । सरकारले संविधान संशोधनको कार्य सुरु नगरेकामा उनले आपत्ति जनाए ।

संविधान संशोधन गर्न वर्तमान सरकारले अरू दलसँग पनि सहकार्य सुरु गर्नुपर्नेमा कोइरालाले जोड दिए । उनले सातबुँदे सहमति कार्यान्वयनको अवस्थाबारे अब प्रश्न उठाउनुपर्ने बेला आएको बताए ।

त्रियुगा नगरपालिका–११ स्थित मदनभण्डारी राजमार्गको बीचमा निर्मित सालिकको अनावरण गर्दै उनले बीपी कोइरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारका असल कार्यको प्रचार र खराबको विरोध गर्न सक्नुपर्ने बताए ।

सम्बन्धित समाचार