अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

सरकारले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो ।

यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए ।

१२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार