बार्सिलोनासँग रेड स्टारको फराकिलो हार

Image

यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले रेड स्टार बेलग्रेडलाई फराकिलो अन्तरले हराएको छ। गएराति भएको खेलमा बार्सिलोनाले रेड स्टारविरुद्ध ५–२ को जित हासिल गरेको हो। लेवान्डोस्कीका दुई तथा इन्जो मार्टिजेज, राफिन्हा र फर्मिन लोपेजले एक/एक गोलमा बार्सिलोना विजयी भएको हो।

पहिलो हाफको १३औँ मिनेटमा इन्जो मार्टिनेजको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको २७औँ मिनेटमा रेड स्टारका सिलास काटोम्पा एमबुम्पाले बराबरी गोल फर्काए।

पहिलो हाफको ४३औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सालाई पुनः अग्रता दिलाए। फेरि ५३औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा टोली २–१ ले अगाडि भयो।

३६ वर्षीय लेवान्डोस्कीले जारी सिजन १६ खेलमा १९ गोल गरेका छन्। उनले १ सय २४ च्याम्पियन्स लिग खेलमा ९९ गोल गरिसकेका छन्।अब एक गोल थपे उनी सय गोल गर्ने तेस्रो खेलाडी बन्नेछन्। यसअघि यो कीर्तिमान क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको नाममा छ।

खेलको ५५औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले आरामदायी अग्रता बनायो। खेलको ७६औँ मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले ५–१ को अग्रता लियो।

खेलको ८४औँ मिनेटमा मिल्सोनको गोलमा रेड स्टारले बार्सिलोनाको अग्रता केही कम गरे पनि टोलीको हार टार्न सकेनन्।गएरातिकै अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) एथलेटिको मड्रिडसँग २–१ ले हारेको छ भने बायर्न म्युनिखले बेन्फिकालाई १–० ले हराएको छ। यस्तै एटलान्टाले स्टुटगार्टलाई २–१ ले हरायो।