कोशीका मन्त्री अधिकारीले दिए राजिनामा

Image

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

मन्त्री विदेश भ्रमणमा जाँदा प्रदेश र संघीय सरकारको अनुमति लिनुपर्छ । तर, मन्त्री अधिकारीले सो प्रक्रिया पूरा नगरी कात्तिक १३ गते जापान गएका थिए । उनी टोकियो महानगरपालिकाको कार्यक्रममा गएको भनिए पनि कार्यक्रम तय थिएन ।

विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्छ । विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाएपछि प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्छ ।