थाइ एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–बैंकक उडान औपचारिक रुपमा आइतबारबाट सुरु गरेको छ । यो एयरलाइन्सले भैरहवाबाट सातामा दुई पटक उडान गर्नेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता विनोद राउतका अनुसार यो एयरलाइन्सले अब अर्को उडान ८ नोभम्बर (मंसिर २३ गते) गर्नेछ । उनका अनुसार आइतबार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको उक्त विमान बिहान ७.४० बजे बैंकक प्रस्थान गरेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए ।
थाइ एयर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुन उडान काठमाडौँमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रबद्र्धनको काम भएको थिएन ।
भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाइएको छ । योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए ।