सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट नौ लाख ६८ हजार नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाले जानकारी दिए।
जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ। अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ। निजहरूबाट केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ।