झापामा एक वृद्धले धारिलो हतियार प्रहार गरेर पत्नीको हत्या प्रयास गरेका छन्। दमक नगरपालिका ९ शान्तिचोक बस्ने ७१ वर्षीय राजेन्द्र शाहले श्रीमती ५९ वर्षीया दिलमाया ठकुरीलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पत्नीमाथि खुकुरी प्रहार गर्ने शाहलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। मादक पदार्थ सेवन गरेका उननले धारिलो हतियारले पत्नीका दुवै खुट्टामा प्रहार गरका प्रहरीले जनाएको छ।
घाइते दिलमायाको हाल निम्स अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले जानकारी दिए।