भारतीय एयरलाइन्स र होटलहरूमा बम राखेको भन्दै झुटो सूचना दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उइकेलाई पक्राउ गरेको न्यूज १८ इन्डियाले उल्लेख गरेको छ । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ ।
पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक आतंकवाद सम्बन्धी किताब समेत लेखेका थिए ।
उइके यसअघि सन् २०२१ मा एउटा मुद्दामा पक्राउ परेको रेकर्ड छ । उनले झुटा इमेलहरू पठाएको फेला परेपछि उनको पहिचान खुलेको र प्रहरीले नियन्त्रणमा लिएको न्यूज १८ इन्डियाले लेखेको छ ।