जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित भएका छन् । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरेको हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।पार्टीका ज्येष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको दलको बैठकले नेता चयन गरेको हो । दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार