प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेल बीच भेटवार्ता

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गरेका छन् ।

प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गरेका थिए ।

शुक्रबार नै प्रदेश प्रमुखको कार्यालय पुगेका शेरचनको स्वागतमा प्रदेशका मुख्यमन्त्री पोखरेल र मन्त्रीहरु सहभागी भएका थिएनन् । प्रदेश प्रमुखको स्वागतका लागि कुनै मन्त्री प्रदेश प्रमुखको कार्यालय नपुगेको भन्दै आलोचना भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार