लुम्बनीकी माओवादी सांसद विमला खत्री वली सम्पर्क बाहिर

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली सम्पर्कबिहीन भएकी छन् । पार्टीको शनिबार (आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन सम्पर्क गर्दा विमला बिहीबार साँझदेखि सम्पर्कमा नआएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए।

परिवारले उनी तुलसीपुरबाट आफन्तकहाँ नेपालगन्ज गएको बताएको छ । तर, उनको मोबाइलको लोकेसन भने रुपन्देहीको बुटवलस्थित नयागाउँ आसपासमा देखिएको सचेतक घर्तीले बताए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने माओवादीको आशंका छ । दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

माओवादी केन्द्रले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । वली उक्त बैठकमा नआए खोजबिनका लागि प्रहरीमा उजुरी गर्ने सचेतक घर्तीमगरले बताए । यसअघि यस्तैगरि पार्टीको सम्पर्कबाहिर रहेकी जसपा सांसद पुर्मती ढेंगालाई एमालेले मन्त्री पदसहित मोटो रकम दिने लोभ देखाएको जसपाले आरोप लगाएको थियो। आर्थिक प्रलोभनमा परेको खबर सार्वजनिक भएपछि ढेंगा जसपामै फर्किएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार