माधव नेपाल र भीम रावल पार्टी सदस्यबाट निलम्बित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल कारबाहीमा परेका छन् ।

उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी हितविपरीत गतिविधि गरेको  र  सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही गरेका हुन् । यसअघि अध्यक्ष ओलीले नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको र कारबाहीको भागिदार भएको बताउँदै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार