३३ किलो सुन काण्डमा फरार ‘भोजे मामा’ पक्राउ

३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर–८ बस्ने भोजराज भण्डारी पक्राउ परेका हुन् ।

भोजे मामा भनिने भण्डारी काठमाडौंको गौशालाबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।

२०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो। यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो। सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

 

 

सम्बन्धित समाचार