शुक्रबार ३ हजार ६११ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यसैबिच शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ८३ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टीजेन परिक्षणका क्रममा १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै थप २७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म ९ हजार ८ सय ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप १ हजार ८ सय १६ संक्रमित निको हुँदा हालसम्म ६ लाख ५२ हजार २६१ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ३५ लाख ९४ हजार २०२ पिसिआर र ३ लाख १४ हजार १११ वटा एन्टीजेन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार