ठमेलमा अवैध चिनियाँ रक्सी कारखानामा प्रहरीको छापा

प्रहरीले ठमेलमा अवैध चिनियाँ रक्सी कारखानामा छापा मारेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अवैध रक्सी कारखानामा छापा मारेर सञ्चालक  चिनियाँ नागरिक सी झिहुईलाई पक्राउ गरेको हो । चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गरिरहेका थिए । ठूलो मात्रामा तयारी रक्सी तथा करिब १० हजार लिटर रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थसमेत बरामद गरिएको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।
लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गरिरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानी गर्दा चिनिया ब्रान्डमा लोकल रक्सी बिक्री वितरण भएको पाइए पनि छापा मारेको उनले बताएका छन् । उनले महँगोमा लोकल रक्सी बिक्री वितरण गर्ने गरिएको पाइएको जानकारी दिए ।  पक्राउ परेका चिनियाँ नागरिकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार