५ दिनदेखि हराइरहेकी ७ वर्षीया प्रीतिको शव इनारमा भेटियो

धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव भेटिएको छ ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० बरमझीया निवासी वीरेन्द्र कुमार यादवकी ६ वर्षीय छोरी प्रीति कुमारी यादवको लास गाउँको इनार भित्र भेटिएको हो ।
गत साउन ११ गते सोमवारदेखि हराइरहेकी घरबाट करिब एक किलोमिटरको दुरीमा खेतको एउटा पुरानो इनारमा शव तैरिरहेको अवस्थामा भेटिएको छ ।
स्थानीयका अनुसार यसअघि दुई–तीन दिन पहिलेसमेत सो इनारमा प्रहरी र स्थानीयले बालिकाको खोजी गरेका थिए।
सोमबार साँझ ५ बजेपछि आफ्नै घरबाटै बालिका बेपत्ता भएकी थिइन्। पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि उनी हराएको आफन्तले बताएका छन्।
प्रहरीका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा बालिकाको हत्या भएको देखिएको छ । पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार